नेपालको डिजिटल नेभिगेसन प्लेटफर्म गल्ली म्याप्सले आगामी आम निर्वाचन २०८२ लाई लक्षित गरी नागरिकहरूका लागि मतदानस्थल सहजै पत्ता लगाउन सक्ने विशेष ‘मतदाता पहुँच’ सुविधा सार्वजनिक गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एवं ललितपुरमहानगरपालिकाको प्राविधिक सहकार्यमा विकास गरिएको यो फिचर आजपाटन दरबार क्षेत्रमा आयोजित एक विशेष समारोहकाबीच सार्वजनिक गरिएको हो।
यस नवीन सुविधाले मतदाताहरूलाई दुई सरल तरिकाबाट मतदान केन्द्र पहिचान गर्न र त्यहाँसम्म पुग्न मार्गनिर्देशन प्रदान गर्दछ:
1. भोटर आइडीमा आधारित नेभिगेसन : मतदाताले आफ्नो भोटरपरिचयपत्र नम्बर प्रविष्ट गर्नासाथ गल्लि म्याप्सको प्रणालीले उनीहरूलाई तोकिएको मतदान केन्द्रको सटीक स्थान र पुग्ने बाटो देखाउनेछ।
2. प्रशासनिक छनोटमा आधारित नेभिगेसन : मतदाताहरूले आफ्नो प्रदेश, जिल्ला, स्थानीय तह र वडा चयन गरी आफ्नो मतदान स्थल पहिल्याउन र नेभिगेसनको सुविधा लिन सक्नेछन्।
कार्यक्रमका प्रमुख अतिथि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्रीजगदीश खरेलले मोबाइल एपमार्फत उक्त फिचरको विधिवत् समुद्घाटन गरे।
सो अवसरमा सम्बोधन गर्दै मन्त्री खरेलले भने, ‘स्वदेशी युवाहरूको नवीन सोचले देशको निर्वाचन प्रक्रियामा ठूलो सहयोग पुऱ्याएको छ। यो सुविधाले हाम्रो ‘मस्ट इन्फम्ड इलेक्सनको राष्ट्रिय भिजनमा थप ऊर्जा प्रदान गरेको छ।’