धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिका१ देवीटारमा बुहारीले सासुको हत्या गरेकी छन् । गए राति १० बजे घरायसी विवादमा बुहारी सुन्तली तामाङले ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेकी हुन् ।
राति १० बजे सुन्तली तामाङले भित्तामा टाउको ठोक्काइदिएर माइलीमायाको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।
टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति एक बजे मृत्यु भएको जनाइएको छ ।
प्रहरीले घटनालगत्तै २४ वर्षीया सुन्तली र उनको श्रीमान ३५ वर्षीय धावा तामाङलाई नियन्त्रणमा लिएको छ ।