काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बाढी प्रभावित क्षेत्रमा छिट्टै पुनर्निर्माण थाल्ने बताएका छन्। बाढी तथा डुवानले प्रदेश २ मा पुर्याएको क्षति हेर्न गृहमन्त्री बादलसहितको टोली बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा गएको छ।
रौतहट पुगेका गृहमन्त्री थापाले उद्धार कार्य सकिएको भन्दै अब पुनर्निर्माणको काम अगाडि बढाउने बताएका छन्। गृहमन्त्री बादलले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न पूर्व तयारी गर्नुपर्नेमा जोड दिए।