बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पारु रंजितको तीज गीतमा सदाबहार नायिका करिश्मा मानन्धर !

बुधबार, साउन १ २०७६

 काठमाडौं । तीज पर्वको एक मात्र हिट गीतको ‘तीजको रहर’ । जुन गीत चलचित्र ‘कन्यादान’को दशौं बर्ष पुराने हो । तर पनि संधै सुपरहिट छ । उक्त गीतको मोडल तथा नायिका हुन् सदाबहार नायिका करिश्मा मानन्धर ।

यो बर्ष पनि दाबहार नायिका तीज गीतमा झल्कीएकी छन् । नेपाली हिन्दु नारीहरुको पर्व हो हरितालीका तीज । नजिकिँदै गरेको तीज र सार्वजनि हुँदै गरेको तीज बिशेष गीतहरु गत बर्षको तुलनामा यस बर्ष निकै कम छन् ।

प्रत्यक बर्ष सात आठ सय तीज गीतहरु बजारमा आउने गरेको थियो तर यो बर्ष भने करिब दुई सयको अन्दाज लगाईएता पनि विवरण भने आउन बाँकी नै छ । त्यसै क्रममा गायिका पारु रंजितले यो साल पनि तीज  गीत सार्वजनिक गरेकी छन् । 

गत सालको तीज गीत ‘तीजको लहर अमेरिकासम्म’ वोलको गीतबाट एकाएक चर्चामा आएकी पारु रंजितले प्रेमीहरुलाई र हिन्दु महिलाहरुको माहान चाड तीजलाई मध्यनजर गर्दै ‘आउ कम्मर भाँच्नलाई’ वोलको  तीज गीत सार्वजनिक गरेकी हुन् ।

‘आउ कम्मर भाँन्च्नलाई’ गीत  गीतकार किरण के उप्रेतीले लेखेका हुन्, भने संगीत तथा संगीत संयोजन गायक संगीतकार पुस्कर सुनुवारले गरेका हुन् । 

गीतको म्युजिक भिडियोतर्फ नृत्य निर्देशन कमल राईको रहेको छ । निर्देशक राइले सदाबहार नायिका करिश्मा मानन्धरलाई कम्मर मर्काई–मर्काई नचाएका छन् । भिडियोको छायांकन शिब ढकालको रहेको छ । जसलाई  सम्पादन समिर मियाँलले गरेका छन् ।

गायिका पारु रंजित भन्छिन् 'पहिलाको तीज  गीतले झैँ यसपालिको तीज गीतले पनि दर्शक स्रोताको मन जित्नेमा म ढुक्क छु । किन कि यस तीज गीतले प्रदेशमा बस्ने सबै नेपाली आमाबुवा दिदि बैनीलाई भुलेर पिर ब्यथा तीजमा रमाउन आग्रह गरेको छ ।’ 

गायिका पारु रंजितको गत सालको तीज गीतमा पनी सदाबहार नायिका करिश्मा मानन्धरले नै अभिनय गरेकी थीइन् । उक्त तीज गीतको भिडियो पुस्कर सुनुवारको  युट्युप च्यानलमार्फत सार्वजनिक भएको छ ।