काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन ३० दशमलव दुई अंकले घटेको नेप्से आज सोमबार पनि पाँच दशमलव ८० अंकले घटेर २५ सय ६० दशमलव २९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य पाँच अंकले घटेर चार सय ४४ दशमलव ५६ अंकमा पुगेको छ । तीन सय २७ वटा कम्पनीहरुको ४० हजार पाँच सय ९१ पटकको कारोबारमा ८६ लाख ४७ हजार आठ सय ८९ कित्ता शेयर किनबेच हुँदा चार अर्ब ५१ करोड ४४ लाख आठ हजार दुई सय ३६ रुपैंयाँको शेयर कारोबार भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा तीन वटा समुहहरुको सुचक बढेपनि बाँकी समुहको सुचक घटेका छन् । जसमध्ये होटल तथा पर्यटन, लगानी र व्यापार समुहको सुचक बढेको छ।
बाँणिज्य बैंक समुहको सुचक भने आठ दशमलव १५ अंकले घटेर १३ सय ३७ दशमलव ८८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि तीन दशमलव ४४ अंकले घटेर ३२ सय ८१ दशमलव १२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३३ दशमलव ७२ अंकले घटेर १२ हजार सात सय ६८ दशमलव ३५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ४३ दशमलव ९९ अंकले घटेर १० हजार छ सय २७ दशमलव ६५ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक घटेका छन्।
नेप्सेमा आज दरमखोला हाईड्रो इर्नर्जी लिमिटेडले सबैभन्दाम बढी कमाउँदा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एनआरएन इन्फ्रास्ट्रक्चर लिमिटेड परेको छ।