मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

दलमा आबद्ध शिक्षक–कर्मचारी बर्खास्त हुने : शिक्षामन्त्री पुन

आइतबार, कार्तिक २३ २०८२

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिक दलमा संलग्न भए कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले प्रचलित कानुनअनुसार पदबाट बर्खास्त गर्नेसम्मको कारबाही हुने चेतावनी दिएका हुन्।

आइतबार सार्वजनिक गरिएको सूचनामार्फत मन्त्री पुनले कुनै पनि पेसागत ऐनले शिक्षक वा कर्मचारीलाई पेसागत हक–हित र अधिकार प्राप्तिका लागि सौदाबाजी बाहेक राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको स्पष्ट पारे।

मन्त्री पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्घ सङ्गठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय भएको जनाएका छन्।