लण्डन, असार २३ । बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई लाखौँ यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै १८ करोड ३० लाख ३९ हजार पाउण्ड सटर्लिङ ९२२ करोड ९० लाख ७० हजार अमेरिकी डलर० जरिवाना गरिएको विमानकम्पनीको मातृ समूह ‘इन्टरनेशनल एअरलाइन्स ग्रुप’ (आएजी) ले सोमबार जनाएको छ।
कम्प्युटरका घुषपैठ (ह्याकर)हरूले गत बर्ष विमानका लाखौँ यात्रुहरूको तथ्याङ्क तथा बैंक विवरण चोरी गरी कानूनविपरित काम गरेको अभियोग लागेको हो।
एएफपीका अनुसार आइएजीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,“बेलायतको तथ्याङ्क संरक्षण ऐन अनुसार बेलायतको सूचना आयुक्तको कार्यालयले ब्रिटिस एअरवेजलाई कुल १८ करोड ३० लाख ३९ हजार पाउण्ड स्टर्लिङको जरिवाना गरिएको छ।”
आइएजीका अनुसार यो जरिवाना रकम ब्रिटिस एअरवेजको सन् २०१७ मा भएको खूद मुनाफाको १.५ प्रतिशत बराबर हो।