काठमाडौं । विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको प्रकरणमा अब पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
यसअघि सोही प्रकरणमा माओवादी केन्द्रकै उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आइतबार पक्राउ परिसकेका छन्। उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार रोल्पाको राङ्सी निवासी पूर्वउपराष्ट्रपति पुन पनि यस प्रकरणमा विवादमा मुछिएकाले उनीमाथि औपचारिक अनुसन्धान सुरु गरिएको हो।
दुई वर्षअघि उनका जेठा छोरा जितेन्द्र पुनले शक्तिको दुरुपयोग गरी हुम्लाबासी भएको कागजात बनाएर सीमा वारपार गर्न परिचयपत्र बनाएका थिए। त्यसपछि उनी चीनको ताक्लाकोट पुगेर चिनियाँ समूहसँग तमसुक गरेर चार किलो सुन बुझेको विवरण सार्वजनिक भएको थियो। सुनको भुक्तानी रकम नदिएपछि त्यो प्रकरण बाहिरिएको थियो। अहिले जितेन्द्र अमेरिका रहेको पारिवारिक स्रोतले बताएको छ।
उनका कान्छा छोरा दीपेश पुन पनि पछिल्ला वर्षहरूमा सुन तस्करी, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन्। प्रहरीका अनुसार उनी हाल फरार छन्।
दीपेश २०७९ सालमा भेपमा लुकाएर ल्याइएको करिब नौ किलो सुन र २०८० सालमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी प्रकरणमा पनि जोडिएका छन्।
सुन तस्करी छानबिन आयोगले दीपेशको संलग्नता किटान गर्दै सरकारलाई थप अनुसन्धान गर्न सुझाव दिएको थियो।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश हाजिरीमा छुटेका थिए र हाल उनी भारतमा रहेको प्रहरी अधिकारीहरूले बताएका छन्।
यससँगै, भेपमार्फत सुन तस्करी प्रकरण माओवादी नेताहरूको वरिपरि झन् गहिरिँदै गएको छ, जसमा मह