बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निन्त्रियत लागूऔषध सहित पक्राउ

आइतबार, असार २२ २०७६

काठमाडौं असार, २२–
सिराहा, नबराजपुर गाउँपालिका-३ बाट लागूऔषध डाइजेल्याब ५५ एम्पुल, नुफिन ५५ एम्पुल र फेनारगन ५५ एम्पुल सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लहान नगरपालिका-२ बस्ने २५ वर्षीय मो.छटु मिया र सोही ठाउँ बस्ने २३ वर्षीय मो.अमिर मिया रहेका छन् ।

सिमा प्रहरी चौकी झाझपट्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
नवलपरासी (पूर्व), कावासोती नगरपालिका(१६ चालिसकिलो जंगलस्थित पूर्वपश्चिम राजमार्गबाट २ जनालाई नियन्त्रीत लागूऔषध नुफिन ३४ पम्पुल र डाईजोपाम १७ एम्पुल सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका-२ बस्ने सुनिल क्षेत्री र सोही महानगरपालिका-१३ बस्ने कमल श्रेठ रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु.१ ख ८७८३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।