काठमाडौं असार, १७–
बैंकरहरुले आफुहरु मर्जरमा जान तयार रहेको भएपनि यसको लागि यति धेरै हतार गर्न नहुुने बताएकाछन । नेपाल राष्ट्र बैंकले यही असार २७ गते भित्र पार्टनर खोजेर मर्जमा जानको लागि आफ्नो योजना पेस गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो ।
राष्ट्र बैकको उक्त निर्देशन पश्चात आज मंगलबार बसेको वाणिज्य बैंकहरुको छाता सगठन नेपाल बैंकर एशोसियसनको बैठकले आफुुहरु मर्जरमा जानको लागि तयार रहेको भएपनि प्रकृयाको लागि समय एकदम छोटो भएको बताएका हुुन् । अहिले बैंकहरुको संख्या धेरै छ, त्यो हामी बैंकरहरु स्वंमले पनि महुुसस गरेका छौं, तर मर्जरको पार्टनर खोज्नको लागि यति छोटो समय दिईयो, त्यो अपुुग छ, यो समय बढाउनुु पर्छ, संघका एक प्रतिनिधीहरुले भने ।
राष्ट्र बैकको बिग मर्जर सम्वन्धी पछिल्लो निर्देशन अनुुसार वाणिज्य बैंकहरुले मर्जरको लागि बिभिन्न चरणमा छलफल गरेपनि असार २७ गते भित्र मर्जरको पार्टनर खोज्न संभव छैन, यही जवाफ सहितको प्रतिउत्तर मौद्रिक नीति अगाडि पठाउने निर्णय गरेको पनि ति प्रतिनिधीले बताएकाछन । अहिले नेपालमा वाणिज्य बैंकहरुको संख्या २८ वटा रहेको छ । राष्ट्र बैंकले ति २८ वटा वाणिज्य बैंकहरुलाई घटाएर १४ वटामा झार्ने लक्ष्य लिएको छ । तर यो लक्ष्य हतारमा पुरा हुुदैन, मर्जरमा जानको लागि नीतिगतरुपमा सहुलियत दिनुु पर्छ, संघका प्रतिनिधीले भनेकाछन् ।