शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले महिला उद्यमी महासंघ नेपालका सदस्यलाई छुट दिने

शुक्रबार, भाद्र २० २०८२

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र महिला उद्यमी महासंघ नेपाल बीच व्यवसायिक सम्झौता भएको छ । बैंक र महासंघ बीच महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवद्र्धन गर्न सम्झौता भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महासंघका तर्फबाट शोभा ज्ञवालीले हस्ताक्षर गरेका छन् । सम्झौता मार्फत एसोसिएसनका सदस्यलाई महिलाद्धारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गर्ने सम्झौता गरिएको छ ।

सोही सम्झौता अनुसार एसोसिएसनका सदस्यलाई लक्षित गरि बैंकको २७५ वटा शाखा मार्फत छुट सहितको कर्जा प्रवाहमा विशेष प्राथमिकता, वित्तीय साक्षरताका सेवा दिने बैंकका प्रमुख कार्यकारी अधिकृतले पाण्डेले जानकारी दिए ।