काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ग्राहकवर्गहरुका लागि विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकवर्गहरूले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सकिने बैंकले जानकारी दिएको छ।
हालको लागि गाडी कर्जाको ब्याजदर केबल छ दशमलव २९ प्रतिशत (२०८२ भाद्र महिनाको आधारदर पाँच दशमलव ७९ प्रतिशत मा शुन्य दशमलव पाँच प्रतिशत थप गरि हुन आउने छ दशमलव २९ प्रतिशत) कायम गरिएको छ।
आगामी दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाले चाडपर्वको उत्सवमा नयाँ गाडीको सपना पुरा गर्न चाहने ग्राहकवर्गहरुलाई थप सहजता हुने बैंकले अपेक्षा गरेको छ । सिमित समयका लागि मात्र लागू रहने यस विशेष सुविधा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका देशभरका शाखाहरुबाट लिन सकिनेछ।
बैंकले हाल २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर, २६४ एटीएम एवं ६० शाखारहित बैंकिङ्ग मार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।