शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

चाडपर्वलक्षित एनएमबि बैंकको नयाँ अटो लोन योजना

गाडी किन्न मात्र सात दशमलव १३ प्रतिशत ब्याजदरमा व्यतिगत सवारी

मंगलबार, भाद्र ३ २०८२

काठमाडौं । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले केवल सात दशमलव १३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यतिगत सवारि साधन किन्न सक्नेछन् । बैंकले यो योजना सीमित अवधिका लागि मात्र ल्याएको छ र आवेदन प्रक्रिया सहज र लचिलो बनाईएको छ । इलेक्ट्रिक सवारी साधन किन्न चाहने ग्राहकहरुका लागि, एनएमबि बैंकको यो अफर एक राम्रो अवसर हुनेछ ।

एनएमबि बैंकले यस अफर मार्फत वातावरण मैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ । बैंकको यो प्रयास दिगो विकासमा टेवा पुर्‍याउने र ग्राहकलाई केन्द्रमा राखेर सेवाहरू उपलब्ध गराउने प्रतिबद्धताको एउटा उदाहरण हो ।

यस अफरबारे थप जानकारी एनएमबी बैंकको नजिकको शाखा वा नाडा अटो शोमा रहेको एनएमबी बैंकको स्टल नं इ २४ मा बैंकको तर्फवाट उपस्थित हुने प्रतिनिधि मार्फत लिन सकिनेछ । बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।