काठमाडौ । एनएमबि बैंकको खुद मुनाफा उच्चरुपमा बढेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले तीन अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४६ दशमलव २२ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले दुई अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११ दशमलव १४ प्रतिशत बढेर आठ अर्ब दुई करोड आठ लाख ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी सात अर्ब २१ करोड ६७ लाख ४३ हजार रुपैयाँ रहेको थियो । बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २१ दशमलव ३० प्रतिशतले बढेर दुई अर्ब १८ करोड १७ लाख ५१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १४ प्रतिशतले बढेर १८ अर्ब ८८ करोड १६ लाख ६२ हजार रुपैयाँ र सञ्चालन नाफा ६४ दशमलव ४६ प्रतिशतले बढेर पाँच अर्ब ३५ करोड दुई लाख सात हजार रुपैयाँ रुपैैंयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा एक अर्ब ९० करोड ९४ लाख ४७ हजार रुपैयाँ छ । यस आधारमा बैंकले १० दशमलव ४० प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा नौं करोड २८ लाख ४१ हजार रुपैयाँ ऋणात्मक थियो।
हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख छ हजार रुपैयाँ र जगेडा कोष १५ दशमलव २० प्रतिशत बढेर १२ अर्ब ३२ करोड ५५ लाख ८८ हजार रुपैयाँ पुगेको छ । बैंकको निक्षेप संकलन २५ दशमलव ४४ प्रतिशत बढेर दुई खर्ब ८० अर्ब ९२ करोड ६६ लाख ६८ हजार रुपैयाँ र कर्जा लगानी २७ दशमलव ९१ प्रतिशत बढेर दुई खर्ब २९ अर्ब ११ करोड ९३ लाख ४२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले दुई खर्ब २३ अर्ब ९४ करोड २५ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ९४ अर्ब ३० करोड ४१ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पाँच रुपैंयाँ ६५ पैसाले बढेर १७ रुपैंयाँ ८७ पैसा पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ एक सय ७६ रुपैंयाँ ८१ रुपैंयाँ पुगेको छ । गत आवमा बैंकमा तीन दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकमा तीन दशमलव ४० प्र्र्रतिशत कर्जा निष्क्रिय रहेको थियो।