काठमाडौ, असार ५–
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्याग्दीको तातोपानी कुुण्ड व्यवस्थापन समितीलाई आर्थिक सहयोग गरेको छ । बैकले यही असार चार गते म्याग्दीको सदरमुकाम बेनीबजारस्थित प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्ड व्यवस्थापन समितिलाई भौतिक पूर्वाधारहरूको विकाशको लागि आर्थिक सहयोग उपलब्ध गराएको हो ।
प्राकृतिक उपचार केन्द्र तातोपानीमा आउने विरामी, स्थानिय तथा अन्तर्रा्ष्ट्रिय पर्यटकलाई लक्षित गरी भौतिक पूर्वाधारहरूको निर्माणार्थ उक्त रकमको प्रयोग गरिने कुरा आयोजित कार्यक्रममा समितिद्वारा जानकारी गराईएको छ । यस किसिमको सहयोगबाट देश तथा वदेशबाट उक्त कुण्डमा आउने पर्यटकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने जानकारी दिएको छ ।
बैंकले हाल देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।
ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनिउपलब्ध गराउँदै आएको छ ।