शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नाउपाको कार्यवाहक अध्यक्षमा बास्तोला

आइतबार, साउन ११ २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई दिइएको छ । नाउपामा चलिरहेको विवादबिच पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई दिएकी हुन् ।

शुक्रवार बहुमत केन्द्रिय सदस्यहरुको बैठकले २४ घन्टा भित्र बैठक बोलाउन अल्टिमेटम दिएका थिए ।

अध्यक्ष श्रेष्ठ पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल प्रकरणमा मुछिएकी थिइन्। उनीसँग हालै अख्तियारले बयान पनि लिएको थियो।