काठमाडौं । सिराहाको नवराजपुर गाउँपालिका–४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० ग्राम ३७ मिलिग्राम सहित भारत मधुवनी ग्राम पञ्यायत बिरपुर–९ बस्ने ३८ वर्षीय श्याम सुन्दर पासवानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ एम ७३३८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सिराहाको सिरहा नगरपालिका–१५ बुधौराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय ८० मिलिग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय मुकेश महरा, सोही नगरपालिका–१३ फुलबरिया बस्ने २० वर्षीय सतिश यादव र सोही नगरपालिका–२० सिकाज्योती बस्ने २४ वर्षीय रमन कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय माडर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०१–००४ प ६९६१ नम्बरको मोटरसाइकलमा सवार मुकेश तथा म.प्र.०१–००४ प ९८६२ नम्बरको मोटरसाइकलमा सवार सतिश र रमन कुमारलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ३० मिलिग्राम सहित डोटी दिपायल सिलगढी नगरपालिका–३ बस्ने २२ वर्षीय राजकुमार बादीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको भद्रपुर नगरपालिका–५ भद्रपुर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७ ग्राम १ सय मिलिग्राम सहित भारत किसनगंज कोल्लिकोट थाना बस्ने ३६ वर्षीय मोहमद इस्लामलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उक्त पदार्थ सहित नियन्त्रणमा लिने क्रममा घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा थप उपचारको लागि पठाइएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ नेपाली टोलबाट अवैध लागूऔषध गाँजा १ किलो ७ सय ग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
बर्दियाको मधुबन नगरपालिका–८ कुसुम्बा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ठाकुरबाबा नगरपालिका–१ घर भएका ३६ वर्षीय कबिराम सुनारलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित सोही गाउँपालिका–७ सघापुर बस्ने ४५ वर्षीय भगौती रैदासलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय याङ राई र सोही ठाउँ बस्ने मोरङ केराबारी घर भएका ४० वर्षीय बुद्धि बहादुर ठकुरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले याङ राईको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
पर्साको पकहाँ मैनपुर गाउँपालिका–१ धोरेबाट नियन्त्रित लागूऔषध नोर्फिन १ सय ५० एम्पुल र ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित सोही गाउँपालिका–४ मधुवनी बस्ने २५ वर्षीय दिलिप सहनीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धोरेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रहरी चौकी धोरेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब १९ किलो ८ सय ग्राम सहित सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–२ बस्ने १९ वर्षिय समिर लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.१ ख ९४३० नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।