काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन पाँच दशमलव १७ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार तीन दशमलव ७६ अंकले बढेर २९ सय ८२ दशमलव ६४ अंकमा पुगेको पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३१ अंकले बढेर पाँच सय १७ दशमलव १३ अंकमा पुगेको छ । तीन सय २८ वटा कम्पनीहरुको एक लाख ५४ हजार छ सय ४२ पटकको कारोबारमा तीन करोड ८९ लाख ६२ हजार पाँच सय आठ कित्ता शेयर किनबेच भएको छ भने कुल कारोबार रकम १८ अर्ब ४९ करोड चार लाख २८ हजार सात सय ९४ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सात वटा समुहहरुको सुचक घटेपनि बाँकी समुहहरुको सुचक बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव ५५ अंकले घटेर १५ सय ४७ दशमलव ९६ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ३४ दशमलव ३६ अंकले घटेर १४ हजार तीन सय ८८ दशमलव ६१ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ७८ दशमलव २२ अंकले घटेर १३ हजार पाँच सय ४२ दशमलव ६५ अंकमा पुगेको छ भने फाईनान्स, उत्पादमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन् । बिकास बैक समुहको सुचक भने ६६ दशमलव १६ अंकले बढेर छ हजार दुई सय ८६ दशमलव दुई अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ७७ दशमलव ४७ अंकले बढेर तीन हजार नौं सय ४१ दशमलव ९५ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज ग्रिन भेञ्चर लिमिटेडले सबैभन्दा बढी कमाउँदा मञ्जुश्री फाईनान्सको ऋणपत्रले सबैभन्दा बढी गुमाएको छ । राधी जलबिद्युत कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।