बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आगलागीबाट करिब पाँच करोड ६० लाख रुपैयाँ बराबरको धनमाल नष्ट

बुधबार, जेष्ठ २९ २०७६

काठमाडौं जेठ, २९–
करिब १३ घण्टाको अवधिमा देशका छ स्थानमा आगलागी हुँदा करिब ५ करोड ६० लाख ९ हजार ५ सय रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । मंगलबार दिउँसो १३ः०० बजेदेखि बुधबार बिहान २ बजेसम्मको सो अवधिमा ईलाम, काठमाडौं, दाङ, धनुषा, सिराहा र भक्तपुरमा भएका छुट्टाछुट्टै आगलागीमा उक्त क्षति भएको हो ।
आगलागीका घटना भएका उक्त क्षतिमध्ये इलाम, इलाम नगरपालिका ४ स्थित जोशी हाईड्रोपावरको जेनेटरमा करेन्ट सर्ट भई आगलागी हुँदा करिब ५ करोड रुपैयाँ बराबरको जेनेटर जलेर नष्ट भएको छ । 
काठमाडौंको काठमाडौं महानगरपालिका ३१ शंखमुल बस्ने रामेछाप मन्थली नगरपालिका ३ घर भएका हिरा नारायण श्रेष्ठ र टेक नारायण श्रेष्ठको सोही ठाउँस्थित सान्दार मस्म पसलमा ग्याँस लिक भई आगलागी हुँदा पसलको फर्निचर र खाद्यान्न लगायत सामानहरु जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागीमा परेर पसलमा काम गर्ने रामेछाप घर भएका २८ वर्षीय रामकृष्ण बुढाथोकी गम्भीर घाइते भएकाले कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको छ । 
दाङको बंगलाचुली गाउँपालिका ५ रोकीनी डाँडा बस्ने भिम बहादुर पुनको कच्ची घरमा आगलागी हुँदा छिमेकी लोक बहादुर पुनको घर र गोठमा समेत फैलिएर २ जनाको २ वटा घर र १ वटा गोठ जली करिब १९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
धनुषाको गणेशमान चारनाथ नगरपालिका ९ बरमझिया बस्ने राम दयाल यादवको कच्चि घरमा फोहरमैला डढाउन लगाएको आगोबाट आगलागी हुँदा बस्तीमा फैलिएर राम दयाल समेत ३ जनाको ३ वटा कच्ची घर जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
सिराहाको लहान नगरपालिका १३ शिव चोक बस्ने रामशरण महतोको कच्ची घरमा आगलागी हुँदा घर जलेर करिब २ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । भक्तपुरबमे मध्यपुर ठिमी नगरपालिका ५ नगदेशस्थित तुल्सी जुजुको घरमा करेन्ट सर्ट भई आगलागी हुँदा फर्निचर तथा विभिन्न सामान जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।