काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न एमाले मुख्यालय च्यासल पुगेकी छन् ।
प्रधानमन्त्री ओली भने आउन बाँकी छ । उनीहरुबीच ३ बजे भेट तय भएपनि प्रधानमन्त्रीको व्यस्तताले एक घण्टा सरेको छ ।
एमालेमा सक्रिय राजनीतिको घोषणा र पार्टीका लगातार बैठकपछि हुन लागेको उनीहरूबीचको भेटवार्तालाई निक्कै चासोका साथ हेरिएको छ ।