बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नागरिकलाई देश भित्रै रोजगारी सृजना गर्ने कार्यक्रम बजेटमा उल्लेखै गरिएनः मिनेन्द्र रिजाल

शुक्रबार, जेष्ठ २४ २०७६

काठमाडौं जेठ, २४–
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् ।  समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु आपत्तिजनक रहेको नेता रिजालको भनाइ छ । 
शुक्रबार काठमाडौंमा आयोजित आगामी आर्थिक वर्षको बजेट सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रोजगारीको अवसर सृजना गर्न पनि सरकार गम्भिर नभएको जिकिर गरे । 

छायाँ सरकारका अर्थमन्त्री समेत रहेका रिजालले आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले रोजगारीको अवसर सृजनाका लागि आवश्यक लगानीको जोहो गर्न नसकेको प्रष्ट पारे ।   उनले एक वर्षभित्र ५ लाख नागरिकलाई रोजगारीको अवसर दिने कार्यक्रम किन ल्याउन नसकेको ? भनि सरकारलाई प्रश्न पनि गरे । 

नेता रिजालले सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई देश भित्रै अवसर सृजना हुने गरी कुनै पनि कार्यक्रम बजेटमा ल्याउन नसकेको स्मरण गराए ।