शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाद्वारा दुग्ध प्रशोेधन उद्योग निर्माण शुरु

बिहिबार, जेष्ठ २३ २०७६

ललितपुर जेठ, २३–
ललितपुरको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले दुग्ध प्रसोधन उद्योग निर्माण शुरु गरेको छ । चितवनको खैरहनीमा गाई फारम संचालन गरी दैनिक ३ हजार लिटर दुध उत्पादन गर्दे आएको सहकारीले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ मा उद्योग निर्माण शुरु गरेको हो । 
करिब २० करोड लगानीमा पुर्वाधार निर्माण शुरु गरेको सहकारीले अबको छ महिना भित्र उद्योग संचालनमा आउने अपेक्षा गरिएको छ । उद्योगको राष्ट्रिय सहकारी बोर्डका सह अध्यक्ष दक्ष पौडेलले शिलान्यास गर्नुभएको थियो । सहकारी क्षेत्रमा लालिगुराँसले खेलेको भुमिकाको प्रशंसा गर्दे उहाले जनताको भान्छासंग प्रत्यक्ष गासिएको डेरी उद्योग स्थापना गरेर संस्थाले समाजमा उल्लेखनीय कार्य गरेको बताउनुभयो । उहाले भन्नुभयो–सहकारीले बचत मात्र गर्ने होइन, उत्पादनमुलक क्षेत्रमा पनि लगानी गर्नुपर्छ, सोही सिद्धान्त अनुसार लालीगुरासले डेरी उद्योग संचालन गरेको हो ।
छ महिनाभित्र भवन निर्माण सम्पन्न गरी उद्योग संचालनमा ल्याउने तयारी गरिएको जानकारी गराउदै श्री लालीगुराँस बहुउदेश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सोही अवधीमा डेरी उत्पादनलाई बजारमा ल्याउने  जानकार गराए । डेरी उद्योगले नेपाली बजारमा दुध, घिउ, पनिर, आइसक्रिम दही लगायत दुग्धजन्य पदार्थ उत्पादन गर्नेछ । संस्थाले उद्योगका लागि उपकरण  खरिद गर्ने काम भैसकेको जानकारी गराउदै प्रमुख कार्यकारी निर्देशक भण्डारीले उपकरण जडान भए लगत्तै उद्योग संचालनमा ल्याइने  बताए । 
दैनिक करिब ३० हजार दुध प्रसोधन गर्ने क्षमता भएको डेरी उद्योगमा चितवनबाट उत्पादित दुध उद्योगमा ल्याइनेछ । ‘चितवनको फारमबाट उत्पादन भएको दुध डेरी उद्योगमा ल्याउनेछौ–भण्डारीको भनाई छ । उहाँका अनुसार डेरी उद्योगका लागि चीतवनबाट थप दुध ल्याउने तयारी भैरहेको जानकारी दिए । उनले भने,–चितवनको विभिन्न गाई फारमको दुध हाम्रो उद्योगमा ल्याउनेछौ , चीतवनको कृषकलाई समेत लाभान्वित गराउन उद्योग संचालन गर्न लागेका हौ ।


चितवन स्थित गाईफारममा  हाल छ सय गाई रहेका छन् । सो फारमबाट दैनिक  करिब तीन हजार दुध उत्पादन भैरहेको र आगामी तीन वर्ष भित्र करिब १० हजार दुध उत्पादन गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक भण्डारीले बताए । करिब १८ हजार  शेयरसदस्य संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले बहुउद्देश्यीय लगानी तर्फ लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस एजुकेशन फाउण्डेशन प्रालि, जय लालीगुराँस ईन्भेष्टमेन्ट एण्ड ट्रेडिङ्ग कम्पनी प्रा लि, भैरबकुण्ड हाईड्रोपावर लि लगायत अन्य विभिन्न कम्पनी लगानी गरेको छ । 
संस्थाले पुल्चोक स्थित मुख्य कार्यालय, चापागाँउ, काठमाण्डौंको चाबहिल, भक्तपुरको कौशलटार र चितवनको खैरहनी–८ पर्सा  गरी ४ जिल्लामा सदस्य सुबिधा काउण्टर संचालन गरेको छ । असार महिनाभित्र काठमाडौंको न्युरोडमा सदस्य सुविधा काउन्टर संचालन गर्ने भएको छ । संस्थाले २६ जिल्लामा सदस्य सुविधा काउन्टर संचालन गर्ने अनुमति लिइसकेको छ ।