बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सार्वजनिक पिच सडक समेत बेचिदिए जग्गा दलालले

बुधबार, जेष्ठ २२ २०७६

काठमाडौं जेठ, २२–
लिखेल नगरपालिका वडा नम्बर ४ मा रहेको सडकको एक खण्ड व्यक्तिले बेचिदिएका छन्। अरनिको राजमार्गदेखि काठमाडौं विश्वविद्यालय जाने मार्गको तीन आना खण्ड बेचिएको हो।
स्थानीय मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा सार्वजनिक पिच सडक बेचिएको प्रस्ट देखिँदा पनि दोषी पक्राउ परेका छैनन्। विक्रेता तीन जनालाई भने प्रहरीले पक्राउ गरेको छ।

नक्सामा देखाइएको जग्गा सार्वजनिक सडक रहेको र विक्रेताले २२ लाख रुपियाँ ठगेको थाहा पाई क्रेताहरू उजुरी लिएर प्रहरीकहाँ पुगेपछि एक महिलासहित तीन व्यक्ति पक्राउ परेका हुन्। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।