काठमाडौं । पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका तर्फबाट ११७ जना अधिवक्ताले वकालतनामा दर्ता गराएका छन्। त्यसमध्ये ८ जना कानुन व्यवसायीले बहस गर्ने भएका हुन् ।
जसमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी, ललित बस्नेत, चन्द्रकान्त ज्ञवालीलगायत छन् ।
यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट कम्तीमा ४ जनाले बहस गर्नेछन् । जसमा विशेष सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता मोहन सागर बस्याल, सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसाल, पूर्वमहान्यायाधिवक्ता सुशील पन्तलगायत रहेका छन् ।
पतञ्जलि योगपीठ भ्रष्टाचार मुद्दामा आज ९बुधबार० बिहान विशेष अदालतमा हाजिर भएका पूर्वप्रधानमन्त्री माधव नेपालको बयान बयान विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भएको छ । अब नेपाललाई थुनामा राख्ने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न पाउने भनेर बहस हुनेछ ।