काठमाडौं । पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालको बयान सकिएको छ ।
बयानपछि थुनछेक बहस सुरु भएको छ । बहसका लागि पूर्वप्रधानमन्त्री नेपालको तर्फबाट ११७ जना अधिवक्ताले वकालतनामा दर्ता गराएका छन् । वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी, टीकाराम भट्टराईसहितका वरिष्ठ अधिवक्ताले सुरुवाती बहस गर्ने भएका छन् ।
सरकारी वकिल बाहेक अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि बहस गर्ने भएका छन् ।
पतञ्जलीलाई हदबन्दी भन्दा बढीको जग्गा राख्न तथा साटफेर गर्न दिँदा कानूनविपरीत निर्णय गराएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध जेठ २२ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ ।