काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट आज नआउने भएको छ । असार १० गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि काठमाडौंको बजेट भने आज नआउने भएको हो ।
यसअघि महानगरपालिकाले आन्तरिक विवादिबिच समयमा नै बजेट ल्याउने गरेको थियो ।
बजेटको तयारीस्वरुप बस्नुपर्ने महानगरको कार्यपालिका बैठक अझै बस्न सकेको छैन । मेयर बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको द्वन्द्व बढ्दै जाँदा बैठक नबसेको हो, जसले गर्दा बजेट ल्याउनेबारे अन्योलता छाएको छ ।