बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिद्धार्थ बैंकको शाखा चापागाउँ र रामकोटमा

बिहिबार, जेष्ठ १६ २०७६

काठमाडौं जेठ, १६–
सिद्धार्थ बैंकले ललितपुरको चापागाउँ र काठमाडौंको रामकोटमा पनि शाखा बिस्तार गरेको छ । बैंकले बुुधबार चापागाउँ र रामकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 
बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग प्रणालीलाई थप प्रविधि मैत्री बनाउन बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दे आएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखा सहित बैंकले देशभर एक सय ५६ वटा शाखा (चार वटा एक्स्टेन्सन् काउन्टर सहित), एक सय शाखारहित बैंकिङ्ग सेवा, एक सय ६८ एटिएम र १३ सय भन्दा बढी पस मेसिन  मार्फत् उच्चस्तरिय  बैंकिङ्ग सेवा प्रदान गर्दे आएको छ ।