बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रतिपक्षी बोल्दा रास्वपा मौन, सत्तापक्ष बोल्दा नाराबाजी

सोमबार, असार २ २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको मागसहित रास्वपाले आज पनि वेल घेराउ र नाराबाजी गरिरहेको छ । राप्रपाले भने बैठक बहिष्कार गरेर उसका सांसद बाहिर निस्किएका छन् ।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रको तर्फबाट शक्ति बस्नेतले बोल्ने क्रममा भने रास्वपाका सांसद नाराबाजी रोकेर मौन बसे ।यस्तै एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला बोल्दा पनि रास्वपाका सांसदहरु चुप बसे ।

बस्नेत बोल्नुअघि कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र एमालेका तर्फबाट पदम गिरीले बोलेका थिए। तर, उनीहरूले बोल्दा रास्वपा सांसदहरुले नाराबाजी गरिरहे ।

रास्वपाले पाँच बुँदे प्रस्ताव अघि सारेको थियो । तर, त्यसमा सत्तापक्ष सहमत छैन । बस्नेतले आफूहरूसँग भएको सहमति अनुसार ३० दिन नलगाई तत्काल छानबिन समिति गठन गर्न माग समेत गरे ।

बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट माथि छलफल चलिरहँदा रास्वपा सांसदहरुले नाराबाजी गरिरहेका छन् ।