शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

प्रतिनिधिसभाको बैठक अवरुद्ध, बिहीबारसम्मका स्थगित

बुधबार, जेष्ठ २८ २०८२

काठमाडौं । प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । बिहीबार बसेको बैठक अवरुद्ध भएको हो ।

गृहमन्त्रि रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आजको बैठक पनि अवरुद्ध गरेका हुन् ।

सभामुख देवराज घिमिरेले बिहीबार दिउँसो तीन बजे बस्ने गरी आजको बैठक स्थगित गरेका छन् ।

आजको बैठकमा प्रतिपक्षीहरूले मानव तस्करलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे जस्ता नारा लगाएका थिए ।