शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

प्रतिनिधिसभाको अवरोध खुलाउने बिषयमा जुटेन सहमति 

बुधबार, जेष्ठ २८ २०८२

काठमाडौँ । प्रतिनिधिसभामाको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेको पहलमा बसेको सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठकमा आज पनि कुनै सहमति जुट्न सकेन ।

प्रतिपक्षी दहहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय समिति वा न्यायिक आयोग बनाउनु पर्ने माग राखेर जेठ १३ देखिको संसद अवरोध खुलाउने प्रयास बिफल भएको छ ।

सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा रानामगर, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र०का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी बैठकमा सहमति हुन नसकेको हो ।

उनीहरूबीच कुरा मिल्न नसकेपछि एक बजेका लागि बोलाइएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।