काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोप नेपाललाई मुद्धा दायर गरेको हो ।
उनीसहित तत्कालिन मुख्यसचिव माधव घिमिरे, सचिवहरू छविराज पन्त र प्रेमसिंह बस्नेत लगायत ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । नेपालको इतिहासमा मन्त्रिपरिषद्को निर्णय र पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।