काठमाडौं । नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन १९ दशमलव ३० अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार ४९ दशमलव शुन्य नौं अंकले बढेर २६ सय ७७ दशमलव ४५ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठं दशमलव ६८ अंकले बढेर चार सय ५१ दशमलव शुन्य एक अंकमा पुगेको छ । तीन सय १० वटा कम्पनीहरुको ७३ हजार ५४ पटकको कारोबारमा एक करोड ६८ लाख ८८ हजार चार सय ५९ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम सात अर्ब ३१ करोड २७ लाख ९० हजार एक सय ९६ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ । आज बाँणिज्य बैंक समुहको सुचक २८ दशमलव ३६ अंकले बढेर १३ सय ४३ दशमलव ६० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ८९ दशमलव ६४ अंकले बढेर तीन हजार पाँच सय २९ दशमलव १५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ९१ दशमलव ७२ अंकले बढेर १३ हजार चार सय ३७ दशमलव शुन्य आठ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ३८ दशमलव ५४ अंकले बढेर १२ हजार पाँच सय ९३ दशमलव १७ अंकमा पुगेको छ ।
यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटल, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज बढी सिन्धु बिकास बैंकले सबैभन्दा बढी कमाउँदा बाराही हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । राधी बिद्युत कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।