शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा दुई अंकले गिरावट, आठ अर्ब ५० करोड रुपैंयाँको शेयर किनबेच

आइतबार, जेष्ठ ४ २०८२

काठमाडौं । नेप्से सामान्य अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से दुई दशमलव ७९ अंकले घटेर २६ सय नौं दशमलव पाँच अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८३ अंकले घटेर चार सय ३८ दशमलव १७ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय नौं वटा कम्पनीहरुको ७९ हजार आठ सय ९३ पटकको कारोबारमा एक करोड ६९ लाख सात हजार सात सय ३७ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम आठ अर्ब ५० करोड ९२ लाख २१ हजार तीन सय १२ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा तीन वटा समुहहरुको सुचक बढेपनि बाँकी समुहहरुको सुचक भने घटेका छन् । सो मध्ये होटल तथा पर्यटन समुहको सुचक ६० दशमलव ३२ अंकले बढेर छ हजार नौं सय ५१ दशमलव ९८ अंकमा पुगेको छ भने लघुवित्त र अन्य समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने शुन्य दशमलव ४३ अंकले घटेर १३ सय एक दशमलव ३९ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि एक सय २६ दशमलव २९ अंकले घटेर पाँच हजार दुई सय २४ दशमलव २८ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ४६ दशमलव २७ अंकले घटेर तीन हजार चार सय आठ दशमलव १५ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ८९ दशमलव ६३ अंकले घटेर १३ हजार एक सय ९० दशमलव ६४ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि एक सय नौं दशमलव २७ अंकले घटेर १२ हजार दुई सय १७ दशमलव १४ अंकमा पुगेको छ भने फाईनान्स, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा ओम मेगाश्री हाईड्रोपावर कम्पनी लिमिटेडले बढी कमाएको छ भने कर्पोेरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।