काठमाडौं । नेप्से घटेको छ । लगातार घटेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि आठ दशमलव ४१ अंकले घटेर २६ सय ११ दशमलव ८५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४४ अंकले घटेर चार सय ४० अंकमा पुगेको छ । तीन सय २० वटा कम्पनीहरुको ७८ हजार चार सय ९३ पटकको कारोबारमा एक करोड ७४ लाख २३ हजार नौं सय ४३ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम सात अर्ब आठ करोड ३३ लाख ४८ हजार दुई सय ४० रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा तीन वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये होटल तथा पर्यटन समुहको सुचक तीन सय २२ दशमलव ८३ अंकले बढेर छ हजार आठ सय ९१ दशमलव ६६ अंकमा पुगेको छ भने व्यापार र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने दुई दशमलव ६० अंकले घटेर १३ सय तीन दशमलव १७ अंकमा पुगेको छ भने जलविधुत समुहको सुचक पनि १७ दशमलव ६८ अंकले घटेर तीन हजार चार सय ५९ दशमलव ३५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ५४ दशमलव ३२ अंकले घटेर १३ हजार दुई सय ८१ दशमलव ७३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ४६ दशमलव ३० अंकले घटेर १२ हजार तीन सय ३० दशमलव छ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, लघुवित्त, लगानी, उत्पादनमुलक र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज ओम मेगाश्री फर्मासिटिक्ल्स लिमिटेडले सबैभन्दा बढी कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । सोल्टी होटल लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।