शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा सामान्य अंकले गिरावट, कारोबार रकम तनि अर्ब २४ करोड नाघ्यो

आइतबार, बैशाख २१ २०८२

काठमाडौं । नेप्से सामान्य अंकले घटेको छ । सातको पहिलो दिन आज आईतबार नेपसे तीन दशमलव ४४ अंकले घटेर २६ सय २० दशमलव ३९ अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५१ अंकले घटेर चार सय ४१ दशमलव ८० अंकमा झरेको छ । तीन सय २२ वटा कम्पनीहरुको दुई करोड १९ लाख पाँच हजार तीन सय ११ कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम नौं अर्ब २४ करोड ५५ लाख ८३ हजार तीन सय १५ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुृहहरुको कारोबार हुँदा पाँच वटा समुहको सुचक बढेको छ भने बाँकीको घटेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ४३ अंकले बढेर १३ सय पाँच दशमलव ६५ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि तीन दशमलव २३ अंकले बढेर पाँच हजार दुई सय ८८ दशमलव ४६ अंकमा पुुगेको छ ।

निर्जीवन बीमा समहुको सुचक पनि २८ दशमलव ५९ अंकले बढेर १२ हजार दुई सय ६० अंकमा पुगेको छ भने होटल तथा पर्यटन र उत्पादनमुलक समुहको सुचक पनि बढेका छन् । फाईनान्स समहुको सुचक भने आज ३२ दशमलव ३९ अंकले घटेर दुई हजार तीन सय ६५ दशमलव ४० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि तीन दशमलव ३९ अंकले घटेर तीन हजार पाँच सय तीन दशमलव ५२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३६ दशमलव ७० अंकले घटेर १२ हजार नौं सय ८८ दशमलव ९० अंकमा पुगेको छ भने लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज नेपाल माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाउँदा वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । सानिमा माई हाईड्रोपावर कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।