शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

१५ अंकले घट्यो नेप्से, सामुहिक लगानी कोष बाहेक सबै समुहले गुमाए

मंगलबार, बैशाख १६ २०८२

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन १४ दशमलव ५३ अंकले घटेको नेप्से आज मंगलबार १५ दशमलव आठ अंकले घटेर २६ सय ३१ दशमलव ९८ अंंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९३ अंकले घटेर चार सय ४३ दशमलव ५४ अंकमा पुगेको छ । तीन सय ११ वटा कम्पनीहरुको ६६ हजार दुई सय ६५ पटकको कारोबारमा एक करोड ८४ लाख ९१ हजार नौं सय ४१ कित्ता शेयर किनबेच भएकोमा आज कारोबार रकम सात अर्ब ५७ करोड ५२ लाख छ हजार दुई सय ७८ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य एक अंकले बढेर १९ दशमलव ५७ अंकमा पुगेको छ भने बाँकी समुहहरुको सुचक उच्च अंकले घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दशमलव एक अंकले घटेर १३ सय १४ दशमलव शुन्य एक अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ३६ दशमलव ६४ अंकले घटेर पाँच हजार तीन सय ५३ दशमलव ८९ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि चार दशमलव ७६ अंकले घटेर तीन हजार चार सय ८७ दशमलव ७१ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ६८ दशमलव ३५ अंकले घटेर १३ हजार ३८ दशमलव २२ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि १६ दशमलव ५२ अंकले घटेर १२ हजार दुई सय ७७ दशमलव ७५ अंकमा पुगेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंंकले घटेका छन् ।

नेप्सेमा आज कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाउँदा मध्य भोटेकोशी जलबिद्युत कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । सानिमामाई हाईड्रोपावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।