प्रधानमन्त्री र सभापतिबिच टेलिफोनमा कुराकानी : परराष्ट्रमन्त्री राणा
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणाले सरकार परिवर्तन हल्ला मात्र भएको बताएकी छिन् ।
थाइल्याण्डबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री राणाले सरकार परिवर्तन सम्बन्धीका समाचारहरू देखेर आफूहरू छक्क परेको बताएकी हुन्।
सरकार परिवर्तनबारेका समाचारहरू आइरहेको सन्दर्भमा प्रधानमन्त्री र सभापति देउवाले के हो यो विषय भन्नेमा चासोसहित कुरा गरेको उनको भनाइ थियो।