बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

प्रधानमन्त्री ओलिले संसद्मा आज गर्ने भनेको सम्बोधन स्थगित

शुक्रबार, बैशाख १२ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिले आज संसद्मा गर्ने भनेको सम्बोधन स्थगित भएको छ । विपक्षी दलका नेता संसद्मा अनुपस्थित हुने भएकापछि स्थगित गरिएको हो ।

प्रधामन्त्रीले संसद्मा बोल्दा विपक्षी दलका नेतालगायत पाटिका संसदिय दलका नेता उपस्थित हुने यसअघिको चलन छ, तर आजको बैठकमा विपक्षी दलका नेता लगायत नेपाली कांग्रेसको संसदिय दलका नेता समेत अनुपस्थित हुने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलिको सम्बोधन स्थगित गरिएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

आजबाट संसद्को बजेट अधिवेशन १ बजे सुरु हुँदैछ । बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने यसअघि तयारी थियो ।