बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

तामाङले घिसिङसँग मिलेर अर्बौँको ठेक्कापट्टामा मिलेमतो र अनियमितता गरेको बस्नेतको आरोप

बिहिबार, बैशाख ११ २०८२

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरिएका पूर्णबहादुर तामाङमाथि गम्भिर आरोप लगाएका छन् । उनले विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग मिलेर अर्बौँको ठेक्कापट्टामा मिलेमतो र अनियमितता गरेका आरोप लगाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत वस्नेतले आरोप लगाएका हुन् ।

उनले नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिका लागि २० करोड रुपैयाँको ‘डिल’ गरेको प्रमाण पनि भेटिएको दाबी गरे । सोही कारणले प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई पदमुक्त गरेको बताएका हुन् ।

बस्नेतले हाल मिडियामा प्रधानमन्त्रीविरुद्ध टिप्पणी गरिरहेको भन्दै तामाङलाई ‘जो चोर, उसकै ठुलो स्वर’ शैलीमा नौटङ्की गर्ने आरोप लगाए ।

पूर्णबहादुर तामाङ केही दिनअघि मात्र ऊर्जा राज्यमन्त्री पदबाट बर्खास्त भएका थिए । उनको बर्खास्ती पछाडि आन्तरिक शक्ति सङ्घर्ष, अनियमितता र नियुक्तिमा भएको कथित आर्थिक चलखेललाई कारण मानिएको छ।