काठमाडौं । नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज सोमबार सात दशमलव ७५ अंकले घटेर २६ सय ९८ दशमलव २८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७६ अंकले घटेर चार सय ५५ दशमलव ८१ अंकमा पुगेको छ । तीन सय १९ वटा कम्पनीहरुको ७८ हजार छ सय ७८ पटकको कारोबारमा दुई करोड १२ लाख तीन हजार सात सय ६६ कित्ता शेयकिनबेच भएकोमा कुल कारोबार रकम आठ अर्ब ७७ करोड ५७ लाख २० हजार दुई सय ९३ रुपैयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सात वटा समुहले गुमाउँदा छ वटा समुहले कमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव ७४ अंकले घटेर १३ सय ६१ दशमलव २३ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि २२ दशमलव १५ अंकले घटेर १३ हजार दुई सय ७७ दशमलव ११ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि १९ दशमलव ६९ अंकले घटेर १२ हजार पाँच सय ४७ दशमलव २३ अंकमा पुगेकोमा फाईनान्स, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् । बिकास बैंक समुहको सुचक २४ दशमलव ६६ अंकले बढेर पाँच हजार छ सय ५६ दशमलव ६१ अंकमा पुगेको छ भने जलविधुत समुहको सुचक पनि २७ दशमलव ३६ अंकले बढेर तीन हजार पाँच सय ६१ दशमलव २६ अंकमा पुगेको छ । होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, र सामुहिक लगानी कोष समुहको सुचक पनि सामान्य अंकले बढेका छन्।
नेप्सेमा आज नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा गुडविल फाईनान्सको ऋणपत्रले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।