काठमाडौं । नेप्सेमा पुरै हरियाली देखिएको छ । अघिल्लो दिन ३९ अंकले बढेको नेप्से आज बिहिबार ४१ दशमलव ४३ अंकले बढेर २६ सय ६३ दशमलव ३० अंकमा पुगेकोमा सेन्सिटिभ पनि पाँच दशमलव ६० अंकले बढेर चार सय ४६ दशमलव २९ अंकमा चढेको छ । तीन सय नौं वटा कम्पनीहरुको ५५ हजार चार सय ४२ पटकको कारोबारमा ९७ लाख ७२ हजार एक सय ९६ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार तीन सय ४० रुपैंयाँको शेयर किनबेच भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहको सुचक बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक १३ दशमलव ३३ अंकले बढेर १३ सय ५७ दशमलव ४२ अंंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४१ दशमलव ७२ अंकले बढेर तीन हजार चार सय ७४ दशमलव ३० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ३७ दशमलव २२ अंकले बढेर १३ हजार चार सय ५८ दशमलव ८८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय १५ दशमलव ७४ अंकले बढेर १२ हजार दुई सय ६५ दशमलव ५९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज गुराँस लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा कुमारी सवल योजनाले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।