शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

शेयर बजारमा हरियाली, एकैदिन ७५ अंकले बढ्दा १४ अर्ब भन्दा बढीको कारोबार

आइतबार, फाल्गुन १८ २०८१

काठमाडौं । नेप्सेमा हरियाली देखिएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ७५ दशमलव २४ अंकले बढेर २८ सय ९० दशमलव २८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ४७ अंकले बढेर चार सय ८४ दशमलव ३० अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय दुई वटा कम्पनीहरुको एक लाख ३९ हजार पाँच सय ९६ वटा कम्पनीहरुको दुई करोड ९१ लाख ६६ हजार छ सय ५६ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम १४ अर्ब २५ करोड चार लाख ७५ हजार सात सय ३६ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये सामुहिक लगानी कोष समुहको सुचक सामान्न्य अंकले घटेको छ भने बाँकी १२ वटा समुहहरुको सुचक उच्च अंकले बढेको छ । सोत मध्ये बाँणिज्य बैंक समुहको सुचक ३६ दशमलव २९ अंकले बढेर १४ सय ६७ दशमलव ६४ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ७५ दशमलव ८३ अंकले बढेर तीन हजार आठ सय ९४ दशमलव ७६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि छ सय एक दशमलव ६४ अंकले बढेर १४ हजार पाँच सय ६८ दशमलव ६६ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि चार सय ४२ दशमलव ८९ अंकले बढेर १३ हजार तीन सय ९७ दशमलव शुन्य आठ अंकमा चढेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि आज उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज हिमालयन डिष्ट्रिलरी प्रालीले सबैभन्दा बढी कमाएको छ भने समाज लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ ।