बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

धर्म निरपेक्षताको ब्यानर जलाउन खोज्दा राप्रपाका दर्जनौं नेता गिरफ्तार

शुक्रबार, बैशाख ६ २०७६

काठमाडौं वैशाख, ६–
राष्ट्रिय प्रजातन्त्र पार्टीका  एक दर्जन बढी नेता कार्यकर्ता पक्राउ परेका छन् । रत्नपार्कको शान्तिबाटिकामा सो पार्टीले आयोजना गरेको विरोधसभापछि धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  थापासहित वरिष्ठ नेता बुद्धिमान तामाङ, दिपक बोहोरा लगायतका रहेका छन् । 
 राप्रपाका नेता तथा कार्यकर्ताले रतनपार्कस्थित शान्तिबाटिकामा भेला भएर धर्म निरपेक्षताको ब्यानर जलाउन खोज्दा  प्रहरीले हस्तक्षेप गरेको हो ।

यसअघि कार्यक्रममा अध्यक्ष थापाले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र नेपालको पहिचान भएकाले धर्म निरपेक्षताको ब्यानर जलाएर सांकेतिक विरोध गरेको बताएका थिए । 

‘धर्म निरपेक्षताको कुरा जनआन्दोलनमा पनि ननिस्केको तर विदेशीको इशारामा नेपाल धर्म निरपेक्षता लादिएको हो’ थापाको आरोप छ । 

राप्रपाले राजतन्त्रको पुनर्बहाली र धर्म निरपेक्षताको खारेजी लगायत २२ बुँदे माग राख्दै  यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाईसकेको छ ।