बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

बुधबार, बैशाख ४ २०७६

काठमाडौं वैशाख, ४–
वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ ।  नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक श्रेष्ठको  उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान ११ बजेर ४९ मिनेटमा निधन भएको  हो । 
 श्रेष्ठको पार्थिव शरीर आज साढे १२ बजेदेखि भूगोलस्थित निवासमा राखिने छ भने दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने श्रेष्ठको पारिवारिक स्रोतले जनाएको छ । 

करिब ५ महिनाअघि नाकमा समस्या देखिएका कारण उनको राजधानीको वयोधा अस्पतालमा नाक र त्यसलगत्तै ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रिया लगत्तै पत्रकार श्रेष्ठमा विभिन्न स्वास्थ्य समस्या देखापर्दै आएका थिए ।

त्यसपछि उनको नर्भिक अघि भारतको मेदान्त अस्पतालमा पनि उपचार भएको थियो । मेदान्त अस्पतालमा दुई महिना उपचार गराएर फर्किएका उनले नर्भिक अस्पतालमा फिजोयोथेरापी लगायतका विधिबाट उपचार गर्न गरिँदै आएको थियो ।