काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।
बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि नै प्रस्तुत भइसकेका विधेयकहरूमाथि छलफल हुने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । बैठक दुई दिन चल्नेछ ।
यही माघ १८ गतेदेखि संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।