शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

देशैभरको मौसम बदली,मध्य र पूर्वका धेरै ठाउँमा मेघगर्जन सहित बर्षाको सम्भावना

मंगलबार, चैत्र २६ २०७५

काठमाडौं चैत, २६–
यतिवेला देशका विभिन्न स्थानको   मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाले  मध्य र पूर्वको धेरै र पश्चिमको थोरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी परिरहेको जानकारी गराएको छ । 

 पश्चिमी वायुको प्रभावले अहिले धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलिरहेको महाशाखाका मौसमविद् सुजन सुवेदीले जनाए । यसकै प्रभावले उपत्यकासहित मध्य र पूर्वमा केही ठाउँमा अझै केही समय मेघगर्जन र हुरीबताससहित पानी पर्ने उनको भनाइ छ ।  त्यसपछि रोकिए पनि मंगलबार काठमाडौसहित मध्य र पूर्वको मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको मौसमविद् सुवेदीको अनुमान रहेको छ ।  मौसम खुले पनि एकैछिनमा बदली हुनेछ । एक दुई ठाउँमा ठूलो पानी पनि पर्न सक्छ । तर नजिकै परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्छ । पश्चिमको मौसम भने आंशिक बदली हुने उनले बताए । 

मौसमविद्ले पूर्वी तराईमा हुरीबतास पनि चल्ने भएकाले सावधानी अपनाउन  सुझाव छ । पश्चिमबाट बादल मध्यतिर सरिरहेकाले अहिले देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबतास चलेको हो ।