शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

धरानको जीरो पोइन्टमा बस पल्टियो, चार जनाको घटनास्थलमै ज्यान मृत्यु

सोमबार, चैत्र २५ २०७५

 काठमाडौं चैत, २५–
धरानमा भएको  बस दुर्घटनामा ४ जनाको ज्यान गएको छ । भेडेटारबाट धरानतर्फ आउँदै गरेको बस जीरो पोइन्ट भन्ने ठाँउमा दुर्घटना हुँदा एक दर्जन बढी यात्रु घाइते भएका छन् । ना६ख २७१३ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको  प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।