काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य १ हजार १०० रुपैयाँ बढेको जनाएका हो ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर १ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।