काठमाडौँ । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख देवराज घिमिरेसँग संसद् अधिवेशन आह्वान गर्ने सम्बन्धमा परामर्श गरेका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा उनीहरूबीच संसद् अधिवेशन आह्वान र संसद्को ‘विजनेस’का बारेमा कुराकानी भएको थियो ।