लगानीकर्ताहरु भन्छन- प्रमुख कार्यकारी अधिकृत शेरचनको सक्षम व्यवस्थापन
काठमाडौं । प्रतिकुल अवस्थामा पनि प्रभु बैकको खुद मुनाफामा उच्चबृद्धि भएको छ । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ३३ करोड ६१ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा ८५ दशमलव ४९ प्रतिशतले बढी हो।
गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ७२ करोड तीन लाख ४१ हजार रुपैंयाँ रहेको थियो । बैंकका शेयर लगानीकर्ताहरुको अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, सिंगो सञ्चालन एवं व्यवस्थापन समिती र कर्मचारी संयन्त्रका कुशल व्यवस्थापनका कारण यो नाफा संभव भएको हो।
हाल चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैंयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा तीन खर्ब चार अर्ब ५१ करोड ३५ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब १९ अर्ब ६७ करोड ३० लाख ३६ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ।
यस अवधिमा चार अर्ब ८६ करोड ७९ लाख पाँच हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकले गत आवको सोही अवधिमा भने तीन खर्ब पाँच अर्ब एक करोड २८ लाख ५२ हजार रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब २१ अर्ब चार करोड ५५ लाख ९९ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा बैंकले चार अर्ब ७६ करोड ६८ लाख १२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो।